सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने

सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने
काठमाडौं । सोल्टी होटलले २६.३१ प्रतिशत लाभांस घोषणा गरेको छ । होटलको सोमबार बसेको सन्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र ११.३१ प्रतिशत नगद लाभांस घोषणा गरेको हो ।
 
होटलले शेयरधनीलाई ८ करोड २९ लाख रुपैयाँ नगद लाभांस र एक करोड ९ लाख कित्ता बोनस शेयर दिने भएको छ । अहिले होटलको शेयरको अंकित मूल्य १० रुपैयाँ छ ।
 
साधारणसभाले लाभांस पारित गरेपछि मात्रै शेयरधनीलाई वितरण गरिने होटलले जानकारी दिएको छ । तर, त्यसका लागि मंसिर २४ गतेसम्म शेयर खरिद गरेको हुनुपर्ने छ ।
 
 होटलले पुस २४ गते ४५औं वार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभाका लागि भन्दै मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय