Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
जीवनशैली र खानपानका कारण मुटु रोगको जोखिम बढ्दो ː डा. रजनिस कपुर
गर्मीको तुलनामा जाडोमा हृदयघातको सम्भावना ५३℅ ले बढी
आर्थिक पाटी संवाददाता
२०७६-०८-८
बिचार / प्रतिक्रिया
काठमाडौं ।
अब्यवस्थित जीवनशैली र खानपानका कारण मुटु रोगको जोखिम बढ्दै गइरहेको छ । यस्तो जीवनशैली छोड्नु पर्ने भारतका वरिष्ठ चिकित्सक डा. रजनिस कपुरको सुझाव छ । विश्वमै मानव जीवनशैलीमा आएको परिवर्तनका कारण र मानिसले उपभोग गर्ने सुविधाले गर्दा हृदयरोगको खतरा बढेको उनको भनाई छ ।
डा. कपुर भारतको हरियाणा राज्यको गुरुग्रामस्थित मेदान्त हस्पिटलमा इण्टरभेन्सनल कार्डियोलोजी विभागका उपाध्यक्ष रहेका छन् ।
गर्मीको तुलनामा जाडोमा हृदयघातको जोखिम बढी हुन्छ । बिशेषज्ञका अनुसार गर्मीको तुलनामा जाडोमा हृदयघातको सम्भावना ५३ प्रतिशतले बढी हुन्छ । चिसोको कारण शरीरमा नसा साँघुरिँदा मुटुमा कार्यभार बढी हुने र यसले हृदयघात अर्थात हर्टअट्याक हुने सम्भावना बढ्ने चिकित्सकको भनाइ छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को तथ्याङ्क अनुसार दक्षिण एशियामा २७ प्रतिशत मानिसको मृत्युको कारण हृदयघात हो । जाडो मौसम हृदयघातको जोखिमपूर्ण मौसम मानिन्छ । जाडो मौसमको बिहान ४ बजे देखी ५ बजेसम्म हृदयघातको खतरा धेरै हुन्छ ।
चिसोले हुनसक्ने हाइपोथर्मियाले शरीरको तापक्रम सामान्यभन्दा तल झार्छ र शरीरले चाहिने मात्रामा ऊर्जा उत्पादन गर्न सक्दैन जसका कारण हृदयघातको सम्भावना हुन्छ । जाडो मौसममा हृदयाघात हुनुको अर्को कारण घाम नलाग्ने र भिटामिन डीको कमी हुनु पनि हो । भिटामिन ‘डि’ले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
कस्ता व्यक्तीलाई हृदयघातको जोखिमा बढी
उच्च रक्तचाप हुने र धुम्रपान सेवन गर्नेहरु हृदयघातको जोखिमा बढी हुन्छन् । धुम्रपानमा हुने निकोटिनले नशा खुम्च्याउँने भएकाले हृदयाघातको जोखिममा रहेका मानिसले चुरोट सेवन गर्नु हुँदैंन । पछिल्लो समय नेपालमा हृदयघात बढेको मात्र छैन युवाअवस्था मै देखिन थालेको चिकित्सक बताँउछन् ।
हृदयाघातका लक्षण
हृदयाघात अकस्मात हुने भएकाले त्यसका लक्षणका बारेमा चनाखो हुनुपर्छ । छातीको बायातिर दुख्नु, छाती भारी हुने र दुखिराखेमा अस्पताल पुग्नुपर्छ । छाती दुख्नेसंगै पसिना आउँने, रिंगटा लागेमा हृदयाघात हुनसक्ने सम्भावनाको लक्षण हुन सक्छ । नेपालको कुल मृत्युको १८ प्रतिशत मृत्यु मुटु र रक्तनली रोगबाट हुने गरेको तथ्यांकले देखाएको भन्दै डा. कपुरले जीवनशैली परिवर्तन र सन्तुलित भोजन गरे ८० प्रतिशतलाई जोगाउन सकिने बताएका छन् ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
स्वास्थ्य / जीवनशैली सम्बन्धित शीर्षकहरु
जीवनशैली र खानपानका कारण मुटु रोगको जोखिम बढ्दो ː डा. रजनिस कपुर
आज छठको तेस्रो तथा मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरिँदै
आजबाट छठपर्व शुरु, पहिलो दिन नहाय खाय विधि गरिँदै
तिहारसँग सम्बन्धित यस्ता छन् पौराणिक कथा
ताजा अपडेट
सिन्धुपाल्चोकमा बस दुर्घटना ː मृत्यु हुनेको संख्या १५ पुग्यो, १४ को सनाखत (अपडेट)
कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिग प्रायोजन गर्ने
वर्षेनी ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य ː पर्यटनमन्त्री
प्रधानमन्त्री कार्यालयको कालोसूचीमा परे चार ठेकेदार
धनुषामा बम विस्फोट गराएको आशंका तीन जना पक्राउ
एनआईसी एशिया बैंक र फुडमान्डुबीच सम्झौता, डिजिटल भुक्तानीसँगै छुट पनि उपलब्ध हुने
हिमाली भेगमा भारी हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा र शीतलहर
हिमपातले गर्दा हिमाली भेगको हवाई सेवा अवरुद्ध
नारायणगढ–मुग्लिन सडक आजदेखि पुस ११ गतेसम्म २ साता दिउँसो बन्द हुने
एनसेलद्वारा दुई विजयी ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण
लोकप्रिय
आईसेकद्वारा नेपालमा ‘एक्सन फर एसडीजी’ आयोजना, ३०० बढी आईडीया प्रदर्शन
काठमाडौं मेरिएट होटल एडमामेमा चिनियाँ मेन्यू
माछापुच्छ्रे बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत
डेंगु प्रतिरक्षा प्रणालीको अनुसन्धानका लागि डा श्याम प्रकाशलाई विज्ञान प्रविधि पुरस्कार
कालापत्थरमा ’फेशन शो’ हुने
३ ओटा बिक्यो ‘हार्ले डेभिड्सन’ मोटरसाइकल
पहिलो डीएसएस डाटा कल आयोजनाका लागि ओपोद्वारा वैश्विक पार्टनर्ससंग सहकार्य
राम लिम्बु बने ‘दि भ्वाइस अफ नेपाल सिजन २’ का बिजेता
ठूला करदाताद्वारा एनसेललाई २२ अर्ब ४४ करोड कर निर्धारण
द भ्वोइस अफ नेपाल सिजन २ का विजयीलाई ड्याट्सन रेडीगो गाडी उपहार