अर्घाखाँची सिमेन्टले विज्ञापन बनाउने प्रतियोगिता गर्दै, ५० हजार पुरस्कार

अर्घाखाँची सिमेन्टले विज्ञापन बनाउने प्रतियोगिता गर्दै, ५० हजार पुरस्कार
काठमाडौं । अर्घाखाँची सिमेन्टले टेलिभिजनको लागि विज्ञापन बनाउने प्रतियोगिता गर्ने भएको छ । कम्पनीले टेलिभिजन च्यानलमा बजाउनको लागि सर्वसाधारणबाट विज्ञापन माग गरेको हो ।
 
उत्कृष्ट सहभागीलाई कम्पनीले ५० हजार नगद पुरस्कार दिने पनि घोषणा गरेको छ । इच्छुकले मंसिर १५ गतेभित्र अवधारणा पठाइसक्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।
 
यस प्रतियोगीतामा रचनात्मक क्षेत्रमा काम गर्ने कम्पनी, विज्ञापन एजेन्सी वा नेपाल सरकारमा दर्ता भएका कुनै पनि संघसंस्थालाई भने समावेश नगरीने प्रष्ट पारिएको छ ।
 
‘सर्वसाधारण नागरीक, आमउपभोक्ता एवं साहित्यसृजना तथा रचनात्मक क्षेत्रमा काम गरिरहनुभएका सर्जकहरुसँग सहकार्य गरी उहाँहरुको रचनालाई सम्मान गर्ने उद्देश्यले यस प्रतियोगीताको आयोजना गरिएको हो’, कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले भने ।
 
उक्त टीभीसीको ४० देखि ६० सेकेन्ड लामो हुनुपर्ने कम्पनीले बताएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय