आगामि बिहीबारदेखि ऊर्जा सम्मेलन, ७० भन्दाबढी विशेषज्ञहरुको उर्जा सम्बन्धी प्रस्तुति

आगामि बिहीबारदेखि ऊर्जा सम्मेलन,  ७० भन्दाबढी विशेषज्ञहरुको उर्जा सम्बन्धी प्रस्तुति
काठमाडौं । आगामी बिहीबारदेखि राजधानीमा ऊर्जा सम्मेलन हुने भएको छ । आयोजक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले सोमबार पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी गराएको हो । सम्मेलनमा ७० भन्दा बढी विशेषज्ञहरुको उर्जा सम्बन्धी प्रस्तुति रहने छ ।
 
सम्मेलनमा नेपालको साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वे जस्ता मुलुकका विशेषज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
 
क्षेत्रीय विद्युत् व्यापार, विद्युत् बजार, नियमन, वित्तीय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघीयतामा ऊर्जा परियोजनाहरु संचालन र सहजीकरण, ऊर्जामा लगानी तथा आयोजना प्रदर्शनी जस्ता विषयमाथि सम्मेलनमा छलफल हुने आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिए ।
 
क्षेत्रीय विद्युत् व्यापारका लागि विचार आदान प्रदानको साथै त्यससम्बन्धी औपचारिक र अनौपचारिक वार्ताहरु अघि बढाउन सम्मेलन बहुउपयोगी हुने विश्वास लिईएको छ ।
 
सम्मेलनमा नेपालको साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वे जस्ता मुलुकका ७ सय बढी सहभागी हुने बताईएको छ । ‘पावरिङ दी एसियन सेन्चुरी’ नारा दिइएको ऊर्जा सम्मेलन विहिबार र शुक्रबार चल्ने छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय