शिवम सिमेन्टलाई क्वालिटी अवार्ड, मारुती र शुभश्रीलाई ’लेटर अफ एप्रिसिएसन’

शिवम सिमेन्टलाई क्वालिटी अवार्ड, मारुती र शुभश्रीलाई ’लेटर अफ एप्रिसिएसन’
काठमाडौं । शिवम सिमेन्टले क्वालिटी अवार्ड पाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले वर्षेनी दिने यो अवार्डबाट शिवम सम्मानित भएको हो । हेटौडामा रहेको शिवमले ओपीसी सिमेन्ट उत्पादन गर्छ ।
 
उद्योगमन्त्री मातृका यादबले विहिबार अवार्ड हस्तान्तरण गरेका छन् । विभागका अनुसार लेटर अफ एप्रिसिएसन भने मारुती र शुभश्री जगदम्बा सिमेन्टले पाएका छन् । शुभश्री जगदम्बाले अहिलेसम्म दुई पटक क्वालिटी अवार्ड पाइसकेका छन् ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय