भारतीय महिलालाई विराटनगरमा बेचेको आरोपमा एक जना पक्राउ

भारतीय महिलालाई विराटनगरमा बेचेको आरोपमा एक जना पक्राउ
काठमाडौं । भारतीय महिलालाई मोरङको विराटनगर ल्याएर बेचेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
 
मोरङको विराटनगर महानगरपालिका(१५ रानीमा रहेको हिमालय गेष्टहाउसमा कार्यरत भारत बिहारका ४५ वर्षीय मोहम्मद रियाजलाई केही दिनअघि प्रहरील पक्राउ गरेको हो ।
 
रियाजले भारत फार्विसगञ्जबाट काम लगाइदिने प्रलोभन देखाएर एक महिलालाई उक्त गेष्टहाउसमा ल्याएका थिए ।
तर, प्रारम्भिक अनुसन्धानबाट गेष्टहाउस सञ्चालकसँगको मिलेमतोमा रियाजले ती महिलालाई जवरजस्ती बेश्यावृत्तिमा लगाएको खुलेको प्रहरीले दावी गरेको छ ।
 
पक्राउ परेका रियाजमाथि मानव बेचबिखन तथा ओसारपसा (नियन्त्रण) ऐन अनुसार थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय