एभरेष्ट बैंकका ग्राहकलाई ट्रानक्विलिटी स्पामा ३०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई ट्रानक्विलिटी स्पामा ३०% छुट
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ट्रानक्विलिटी स्पासँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपाल तथा विदेशका विभिन्न शहर र लक्जरी होटलहरुमा थुप्रै आउटलेट रहेको ट्रानक्विलिटी स्पाले स्पा तथा वेलनेस इन्डिस्ट्रीमा नेतृत्व गरिरहेको छ । 
 
बैंक र स्पाबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले कुल बिलमा ३०% छुट पाउनेछन् । यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्नेछन् । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ । 
 
एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ, जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२२ एटीएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय