प्रदेश ५ र सुदुरपश्चिममा विद्युत विस्तार गर्न पूर्वाधार लगानी बैंकसँग ११ करोड डलर ऋण लिँदै सरकार

प्रदेश ५ र सुदुरपश्चिममा विद्युत विस्तार गर्न पूर्वाधार लगानी बैंकसँग ११ करोड डलर ऋण लिँदै सरकार
काठमाडौं । सरकारले एशियाली पूर्वाधार लगानी बैंकबाट विद्युत सेवाको स्तरोन्नतीका लागि ११ करोड २० लाख डलर ऋण लिने भएको छ । सरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषदका पछिल्ला निर्णय सुनाउँदै उक्त ऋण स्विकृत गर्नेसम्बन्धी समिति गठन गर्ने निर्णय भएको बताएका हुन । 
 
प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशमा विद्युत वितरण र स्तरोन्नतीका लागि उक्त ऋण लिन लागेको उनको भनाई छ । उक्त ऋण स्वीकृत गर्नका लागि अर्थमन्त्रालयका अन्तरराष्ट्रिय आर्थिक महाशाखाका सहसचिवको संयोजकत्वमा समिति गठन गरिने भएको हो । उक्त समितिले एशियाली पूर्वाधार लगानी बैंकको ऋण स्वीकृत गर्नेछ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय