दराजको एक दिने वल्र्ड बिग सेल डे ‘११.११’ हुँदै, ८० प्रतिशत सम्म छुट पाइने

दराजको एक दिने वल्र्ड बिग सेल डे ‘११.११’ हुँदै, ८० प्रतिशत सम्म छुट पाइने
काठमाडौं । दराज एप ले नोबेम्बर ११ मा बिग सेल डे ‘११ दशमलब ११’ मेला गर्ने भएको छ । कम्पनीले वल्र्ड बिग सेल डे ११ बर्ष पुगेको अवसरमा बिशेष छुटका साथ यहि कात्तिक २५ गते बिगसेल मेलाको आयोजना गरेको हो । 
 
कम्पनीले मेगा डिल्स, वेलकम गिफ्ट, दराज साथीलगायतका नयाँ उत्पादनहरु मेलामा राख्ने तयारी गरेको छ । साथै कम्पनीले हरेक दिन ४० हजार प्याकेज उत्पादनहरु उपलब्ध गराउने भएको छ । एक दिने मेलामा मेगा डिल्समा मात्रै ८० प्रतिशत सम्म छुट हुने कम्पनीले जाकारी दिएको छ । साथै सो एक दिने मेलामा कम्पनीको ३ लाख भन्दा बढी उत्पादनहरुमा बिशेष छुट हुने छ । 
 
 
त्यस्तै कम्पनीले गर्न लागेको सो मेलामा विगतमा भन्दा बढी बिक्री हुने लक्ष्य समेत लिएको छ । ग्राहकको सुविधालाई मध्य नजर गर्दै डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्न सकिने ब्यवस्था समेत गरेको छ । हाल दराजमा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता १६० प्रतिशत, सेलर २०० प्रतिशत, कर्मचारी १९२ प्रतिशत रहेको जानकारी दिएको छ । 
 
 
त्यस्तै कम्पनीले आफ्नो बजार हिस्सालाई फराकिलो पार्दै काँकटभिटा देखि धनगढीसम्म गरी २६ स्थानमा शाखा समेत संचालनमा ल्याउने तयारी गरेको छ । प्रमुख पाटर्नरको रुपमा रहेको नबिल बैंकका कार्यकारी अधिकृत अनिल केशरी शाहले भने किराना पसलबाट सुपर मार्केटमा जान १५ बर्ष लागेको छ भने अब अनलाईनमा जान ३ बर्ष मात्रै लाग्ने बताएका छन । 
 
 
अहिलेको ब्यस्त समयमा अधिकांश मानिसहरु अनलाईन किनमेलमा आकर्षित हुँदै गरेको अवस्थामा दराजले सहयोग गरेको उनको बुझाई रहेको छ । कम्पनीले आफ्नो सेवा विस्तार गरेसँगै सामग्री ढुवानीको लागि ४ सय ओटा मोटरसाईकल समेत थप गरेको जानकारी दिएको छ ।
 

नेपालमा दराज ११.११

अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा ११.११ आयोजना गरिएको थियो । उक्त दिनमा दराजले साधारण दिन भन्दा ८० गुना बढी व्यापार देखेको थियो साथै दुई लाख भन्दा बढी उपभोक्ताहरु, १००० भन्दा बढी बिक्रेता तथा ब्रान्डहरु एकै दिन दराज एपमा जम्मा भएका थिए । त्यो साँच्चि नै नेपालको सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको हुन पुगेको थियो ।

कसरी सामान किन्ने

ब्राउजरमा गएर दराज डट कम डट एनपि लग इन गरेपछि दराजको अनलाइन पोर्टल खुल्छ । अनलाइनमा छिरेपछि आफूलाई आवश्यक वस्तु खोज्नु पर्दछ । उक्त उत्पादनको मूल्य सहित विशेषता बुझ्न सकिन्छ । र, उक्त बिग सेल मेलाको दिन सहुलियत दरमा जुनसुकै ब्राण्डको सहजै आवश्यक सामाग्री खरिद गर्न सकिन्छ । यस विग सेल मेलाले थोरै लगानीमा पनि आफूलाई आवश्यक पर्ने वस्तु खरिद गर्ने उत्सव नै हो ।

 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय