चिलिमेका लगानीकर्तालाई २५ प्रतिशत लाभांश

चिलिमेका लगानीकर्तालाई २५ प्रतिशत लाभांश
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनी संचालक समितिको (सोमबार) बसेको बैंठकले लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने निर्याय गरेको हो ।
 
संचालक समितिले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावलाई कम्पनीको मंसिर ११ गते बस्ने वार्षिक साधारणसभाले पारित गरेसँगै वितरण गर्ने भएको छ । 
 
कम्पनीले बोनस सेयर वापत ९५ करोड १६ लाख रुपैयाँ र नगद लाभांसका लागि २३ करोड ७९ लाख रुपैयाँ वितरण गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय