बाबा गोकर्णेश्वरले सुन्ताखान–रत्नपार्क बस संचालनमा ल्यायो

बाबा गोकर्णेश्वरले सुन्ताखान–रत्नपार्क बस संचालनमा ल्यायो
काठमाडौं । बाबा गोकर्णेश्वर यातायातले सुन्ताखान–रत्नपार्क रुटमा सेवा विस्तार गरेको छ । मंगलबारदेखि ६ वटा नयाँ बसमार्फत सेवा शुरु गरिएको कम्पनीमा अध्यक्ष भीम बस्नेतले जानकारी दिए । उनका अनुसार वडा कार्यालय र नगरपालिकाले कम्पनीलाई सुन्ताखानसम्म बस संचालनका लागि आग्रह गरेका थिए । सबैतिरबाट माग भएपछि नयाँ बस थपेर सेवा विस्तार गरिएको बस्नेतले जानकारी दिए । गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले सेवा विस्तारको उद्घाटन गरेका थिए ।
 
कम्पनीका अनुसार बस सुन्ताखानबाट गोकर्ण–अत्तरखेल–जोरपाटी –बौद्ध चावहिल –गौशाला– रातो पुल हुँदै रत्नपार्क पुग्नेछ भने रत्नपार्कबाट सोही रुट सुन्ताखान फर्कनेछ । करिव १६ किलोमिटरको यो रुटमा कम्पनीले ३० रुपैयाँ भाडादर तोकिएको छ ।
 
करिव तीन बर्ष अघि २० वटा बस  मार्फत सेवा थालेको गोकर्णेश्वर यातायातले ९५ वटा बस मार्फत उपत्यका भित्रका विभिन्न रुटमा सेवा दिईरहेको छ । माकलबारीलाई केन्द्र बनाएर साँखु–रत्नपार्क–दक्षिणकाली, चक्रपथ परिक्रमा, माकलवारी रत्नपार्कर चक्रपथ लगायतका रुटहरुमा सेवा दिईरहेको छ । बस सेवा शुरु हुदा रुट पाउनै मुस्किल पर्ने अवस्था थियो । कम्पनीले जोरपाटी क्षेत्रमा चल्ने माईक्रो र साना बसको सिन्डिकेट तोड्दै सेवा थालेको थियो ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय