७ नयाँ विद्युतीय बस थप्दै सुन्दर यातायात

७ नयाँ विद्युतीय बस थप्दै सुन्दर यातायात
काठमाडौं । नेपालमै पहिलोपटक विद्युतिय सार्वजनिक यातायात चलाएको सुन्दर यातायातले पुनः ७ नयाँ विद्युतिय बस थप्ने भएको छ । काठमाडौंको सडकमा मात्रै ११ ओटा विद्युतिय बस चलाउने घोषणा गरेको कम्पनीले पुनː ७ ओटा बस थप्ने भएको हो । उक्त विद्युतीय बस किन्नको लागि बैंकको लोन खोजिरहेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । कम्पनीले यसअघि काठमाडौंको सडकमा ४ ओटा विद्युतीय बसहरु संचालनमा ल्याईसकेको छ । सुन्दर यातायात ट्रेडर्ससँग खरिद गर्न लागिएका उक्त ७ नयाँ बसहरु काठमाडौंको रिङरोडमा चल्नेछन ।
 
सुन्दर यातायात प्रालिले किन्न लागेका बसहरु सुन्दर यातायात ट्रेडर्सले नेपाल आयात गर्नेछ । सोही अनुसार सुन्दर यातायातले सुन्दर ट्रेडर्ससँग उक्त विद्युतीय बसहरु खरिद गर्ने अध्यक्ष थापाले बिजखबरलाई जानकारी दिए । कम्पनीले हाल काठमाडौंका सडकमा चलाईरहेका ४ ओटा विद्युतीय बसहरु भने चिनियाँ कम्पनी गोहाङ अटोमोबाईल कम्पनीसँग खरिद गरिएका हुन । अब अन्य ७ ओटा बसहरु भने सुन्दर यातायात ट्रेडर्सले नेपाल भित्र्याएपछि सुन्दर यातायात प्रालिले खरिद गर्ने योजना बनाएको हो । 
 
जसका लागि हाल बैंक लोनको खोजी गरिँदै छ । यस्तै काठमाडौंका सडकमा विद्युतीय बसहरु संचालन गर्न आफु लागिपरेपनि सरकारले भने यसका लागि कुनै सहजिकरण नगरेको अध्यक्ष भेषबहादुर थापाले बताए । अनुसार विद्युतिय बसहरु थपिएपनि सोही अनुसार चार्जिङ स्टेशन नहुँदा भने समस्या थपिएको उनको भनाई छ । कम्पनीले काठमाडौंमा हाल संचालनमा ल्याएको विद्युतीय बसहरुमा विभिन्न ६ प्रकारका कार्डमा छुट समेत दिईरहेको छ । जसका कारण अन्य सवारीको तुलनामा सुन्दर यातायातको विद्युतीय बसको भाडा पनि केही रुपमा सस्तो पर्न आएको कम्पनीको दावी छ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय