नेपाल–चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी

नेपाल–चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी
काठमाडौं । नेपाल भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएलगत्तै १४ बुँदे संयुक्त वक्तव्य सार्वजनिक भएको छ । वक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनमा जोड दिइएको छ ।
 
नेपाल र चीनबीच हिमालय वारपार रेलवेको सम्भाव्यता अध्ययनको सहमति भइसकेको छ । संयुक्त वक्तव्यमा उक्त सहमतिलाई उल्लेख गर्दै काठमाडौं–पोखरा–लुम्बिनी रेलवे परियोजनामा सहकार्यलाई अगाडि बढाउने पनि उल्लेख छ ।
 
केरुङ–काठमाडौं सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषय पनि संयुक्त व्यक्तव्यमा उल्लेख छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय