केरुङ–काठमाडौं–लुम्बिनी रेलले जोड्न चाहन्छौं ː राष्ट्रपति भण्डारी

केरुङ–काठमाडौं–लुम्बिनी रेलले जोड्न चाहन्छौं ː राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी छन् ।
नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आफूले आयोजना गरेको रात्रीभोजलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सीमा वारपार कनेक्टिभिटीका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने विषयलाई नेपालले जोड दिँदै आएको स्मरण गराइन् । 
 
‘नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेका छन्’, उनले भनिन्, ‘रेल्वेको क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि, उपलब्ध स्रोत र साधनको परीप्रेक्षमा नेपालीहरुको यो चाहना छिट्टै पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ ।’
 
१५० राष्ट्र तथा संस्था पक्ष बनेको बेल्ट एण्ड रोड इनिसिएटिभमा हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्क र रेलमार्ग समावेशमा खुसी व्यक्त गरिन् ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय