यसरी गरौं ग्याष्ट्रिकको उपचार

यसरी गरौं ग्याष्ट्रिकको उपचार
ग्याष्ट्रिकको समस्या आमनेपालीका लागि नौलो होइन । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि समस्याले अधिकांशलाई सताइरहेको हुन्छ । वाकवाकी लाग्ने, वान्ता हुने, डकार आइरहने, वान्ता हुने, छाती चस्कने, खाना नपच्नेलगायत लक्षण ग्याष्ट्रिकका हुन् । साथै, तौल कम हुने, छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, भोक नलाग्ने, मुख गन्हाउने, पेट भारी हुने, अपान वायु बढ्ने, पेट फुल्ने लक्षण पनि ग्याग्ट्रिक हुँदा देखिन्छ । 
 
ग्याष्ट्रिक खानपान र जीवनशैलीमा ध्यान नदिँदा हुने समस्या हो । यो त्यति ठूलो रोग नभए पनि बेवास्ता गरेमा पछि आन्द्रामा घाउ भएर अल्सरको जोखीमसमेत हुन सक्छ । ग्याष्ट्रिकको उपचारका लागि ठूलो अस्पताल जानैपर्छ भन्ने छैन । गाउँघरमै उपलब्ध हुने प्राकृतिक मसला, जडीबुटी आदिको सेवनले यो समस्या न्यूनीकरण गर्न सकिन्छ, जसबारे यहाँ चर्चा गरिएको छ 
 
बेसारको पात
 
बेसारको पातलाई ग्याष्ट्रिकको सबैभन्दा राम्रो औषधि मानिन्छ । दिनको एक ग्लास दूधमा टुक्रा पारेको बेसारको पात मिसाएर  दिनहुँ पिउने गरे यो समस्या कम हुन्छ ।
 
अम्बाको पात 
 
एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहँु पिउँदा ग्याष्ट्रिक निवारण गर्न सकिन्छ ।
आलुको जुस 
 
आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुहोस् । यसलाई दिनको एक ग्लास खानाअघि पिउनुहोस् । यसो गर्दै जाँदा ग्याष्ट्रिक कम हुँदै जान्छ ।
 
अदुवा 
 
ग्याष्ट्रिकको समस्या कम गर्ने अर्काे राम्रो औषधि हो अदुवा । यसको सेवनले खाना पचाउन पनि मद्दत पुग्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउने गर्नाले ग्याष्ट्रिकले  सताउँदैन । अदुवाको धूलो र वीरेनून हिङपानीमा मिसाएर खाने गरे ग्याष्ट्रिकको समस्या झनै छिटो समाधान हुन्छ ।
 
बेकिङ सोडा 
 
बेकिङ सोडामा धेरै मात्रामा एण्टासिड हुने भएकाले ग्याष्ट्रिकको समस्या हटाउन मद्दत गर्छ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुहोस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् । ग्याष्ट्रिकको समस्याबाट मुक्ति पाउनुहुनेछ ।
 
दालचिनी 
 
तातेको दूधमा आधा चम्चा दालचिनीको धूलो र मह अलिकति राखेर मिसाउनुहोस् । यसको सेवन राति सुत्नुअगाडि गर्नुहोस् । यसले ग्याष्ट्रिकको समस्या हटाउन सकिन्छ ।
 
हिङ 
 
हिङमा पानी मिसाई यसको पेष्ट बनाउनुहोस् । यसलाई पेटमा केही बेर राख्नुहोस् । दैनिकध यस्तो गर्नाले ग्याष्ट्रिकको समस्या हुन पाउँदैन ।
 
जीरा
 
एक ग्लास तातो पानीमा एक चम्चा जीराको दाना राखेर उमाल्नुहोस् । केही समयसम्म यसलाई ढाकेर राख्नुहोस् । त्यसपछि यसको सेवन गर्नुहोस् । ग्याष्ट्रिक रोगमा यो पनि राम्रो उपचार विधि हो ।
 
लसुन
 
दुई÷तीनओटा लसुनलाई आगोमा पोल्नुहोस् । त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिसनु, जीराको धूलो, जीराको गेडालाई पानीमा राखेर उमाल्नुहोस् । यसको नियमित सेवनले ग्याष्ट्रिक रोगमा फाइदा पुग्छ ।
 
सुप
 
सुपलाई पनि एक प्रकारको औषधिकै रूपमा लिन सकिन्छ । पानीमा सुपको दाना राखी उमाल्नुहोस् । यसलाई सेलाएपछि खाने गर्नाले यो समस्याबाट छूटकारा मिल्छ ।
 
पुदिना
 
एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्नुहोस् । सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीनपटक खानुहोस् । यसरी पनि ग्याष्ट्रिकको समस्या हटाउन सकिन्छ । 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय