तीन दिनमा काठमाडौं भित्रिए १९ हजार खसी–बोका र च्यांग्रा

तीन दिनमा काठमाडौं भित्रिए १९ हजार खसी–बोका र च्यांग्रा
काठमाडौं । काठमाडौंका विभिन्न नाका भएर पछिल्लो तीन दिनमा १७ हजार बढी खसी, बोका भित्रिएको छ । पशु सेवा विभागका अनुसार निजी स्तरबाट खसी बोका, भेडा, च्यांग्रा तथा राँगा भैंसी केही दिनदेखि उपत्यकामा भित्रिइरहेका छन् ।
 
असोज १३ देखि १६ गतेसम्म १७ हजार ३५९ खसी बोका, ११ सय ९९ वटा गोटा च्यांग्रा, १४६ गोटा भेंडा, ५२० गोटा राँगारभैंसी तीन दिनमा काठमाडौं भित्रिएको विभागका वरिष्ठ भेटनरी अधिकृत डा मोदनाथ गौतमले जानकारी दिए ।
गौतमकाअनुसार दशैंका लागि भित्रिएका ती पशुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।
 
यसअघि असोज १३ गते २५ सय ४१ वटा खसी बोका काठमाडौं भित्रिएका थिए भने ८८ च्यांग्रा र ४२ राँगा भैंसी उपत्यका ल्याइएको थियो ।
 
यस्तै, १४ असोजमा ३५ सय ४७ खसी बोका, १२३ च्याग्रा, ४ वटा भेंडा र १२३ राँगा तथा भैंसी, असोज १५ मा ५२ सय २४ खसी–बोका, १२१६ च्यांग्रा, ८ वटा भेंडा र २९६ राँगा तथा भैंसी निजी व्यवसायीले काठमाडौ भित्र्याएको विभागले जनाएको छ ।
 
असोज १६ गते भने ६ हजार ४७ वटा खसी–बोका, ५७२ च्यांग्रा, १३४ वटा भेंडा र ५९ वटा राँगा तथा भैंसी काठमाडौं ल्याइएको रेकर्ड छ । थानकोट, बालाजु, लोकन्थली, सल्लाघारी, चल्नाखेल, चोभार क्षेत्र भएर ती पशु उपत्यका ल्याइएको बताइएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय