हुन्डाईको फ्रि चेकअप क्याम्प, गाडीको निशुल्क जाँच

हुन्डाईको फ्रि चेकअप क्याम्प, गाडीको निशुल्क जाँच
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेनटल प्रालिले हुन्डाई गाडीहरुको लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको छ । उक्त फ्रि चेक अप क्याम्प अन्तरगत कम्पनीले आफ्ना ग्राहकहरुका लागि राजमार्गका बिभिन्न स्थानहरुमा हुन्डाई गाडीको फ्रि चेक अप गर्नुका साथै लुब्रीकेन्ट तथा कुलान्टको मात्र कमी भएमा थप गरिदिने छ । 
 
योजना अन्तरगत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोडको काँकटभिटा, इटहरीको मिलनचोक, कुरिनटार सीरीन हाईवे रिसोर्ट, भरतपुरका लागि बाल मन्दिर चोक, चौराहा ९ बुटवल, नेपालगंन्जको कोहलपुर चोक, धनगढीको अतरिया चोक र बिरगंन्जको पतलैया चोकमा फ्रि चेक अप क्याम्प स्थापना गरेको छ । 
 
योजना असोज १६ देखि १९ गतेसम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय