ग्लोबल आईएमई बैंकको दुई नयाँ शाखा विस्तार, लमजुङ र सर्लाही पुग्यो

ग्लोबल आईएमई बैंकको दुई नयाँ शाखा विस्तार, लमजुङ र सर्लाही पुग्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले २ ओटा शाखा संचालनमा ल्याएको छ । बैंकले बुधबारदेखि लमजुङको बेशीशहर नगरपालिका १ उदीपुर र सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा नयाँ शाखा संचालनमा ल्याएको हो ।
 
बैंकको विस्तारित शाखासँगै शाखा संख्या १ सय ४८ पुगेको छ । बैंकले १४८ शाखा, ३० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटीएम, १८९ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय