क्लिन अप नेपालकाे मोबाइल एप्लिकेसन र वेव ड्यासबोर्ड जारी

क्लिन अप नेपालकाे मोबाइल एप्लिकेसन र वेव ड्यासबोर्ड जारी

काठमाडौँ । क्लिन अप नेपालले होटेल शम्बालामा आयोजित एक समारोहबीच नेपाल वेस्ट म्याप मोबाइल एप्लिकेसन र वेव ड्यासबोर्ड जारी गरेको छ ।

उक्त समारोहमा काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग, वातावरण विभाग, फोहोर व्यवस्थापन संघ, फोहोर संकलन गर्ने संस्थाहरु र काठमाडौँ महानगरपालिका वडा ३, ५ र ३२ बाट वडा अध्यक्ष, फोहोर व्यवस्थापन सुपरभाइजर र सामाजिक परिचालिकाहरुको उपस्थिति रहेको थियो ।

यस परियोजनालाई क्लिन अप नेपालले सन् २०१७ बाट काठमाडौँ महानगरपालिका वडा नं ३, ५, र ३२ मा कार्यान्वयन गरेर यस अन्तर्गत विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।

क्लिन अप नेपालले यस नेपाल वेस्ट म्याप मोबाइल एप्लिकेसन र वेव ड्यासबोर्ड ईलाम नगरपालिकामा जारी गरिसकेको छ भने, भरतपुर महानगरपालिकामा पनि छिटै कार्यन्वयनमा ल्याउँदै छ ।

नेपाल वेस्ट म्याप एक फोहोर व्यवस्थापन गर्नको लागि बनाइएको एक डिजिटल प्रणाली हो, जसबाट जनसहभागिता सँगसँगै सरोकारवालाहरुबीच सहकार्य र संचारको विकास गराउन सकिन्छ ।

योजना सुधार, श्रोत निर्धारण साथसाथै फोहोर व्यवस्थापन प्रणालीको मुल्यांकन गर्न सहयोग पुग्छ । नेपाल वेस्ट म्याप क्लिन अप नेपालले The Asia Foundation र Development Initiatives संगको साझेदारी कार्यन्वयन ल्याएको थियो । यसलाई Data for Development कार्यक्रम अन्तर्गत DFID – UK ले आर्थिक सहयोग गरेको हो ।

उक्त समारोहमा यस नेपाल वेस्ट म्याप मोबाईल एप्लिकेसन र वेव ड्यासबोर्डको महत्वको विषयमा चर्चा गरेर, यसले काठमाडौँ महानगरपालिकाको ठोस फोहोर व्यवस्थापनमा खेल्ने भूमिका र यसलाई कार्यान्वयनमा ल्याउनका लागि गर्न सकिने क्रियाकलापहरुको बारेमा प्रकाश पारियो ।

यसका लागि काठमाडौँ महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष रमेश डंगोल, काठमाडौँ महानगरपालिका वडा नं ३२ मा कार्यरत वेस्ट कन्सर्नका प्रमुख सुलाभ मोक्तान र काठमाडौँ महानगरपालिका वडा नं ३ र ५ मा कार्यरत नेप्सेम्यकका लक्ष्मी प्रसाद घिमिरे बाट पहिलेको फोहोर व्यवस्थापनको स्थति र अहिले नेपाल वेस्ट म्यापको प्रयोगमा ल्याए पछि स्थितिको बारे अनुभव व्यक्त गरे ।

साथसाथै, यस नेपाल वेस्ट म्याप परियोजनालाई प्रभावकारी रुपमा अगाडी लिएर जाने र भविष्यमा अरु वडा या नगरपालिकामा यसको बढोत्तरी गर्ने विषयमा पनि छलफल गरियो ।

 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय