पियाजियोको भेस्पा र अप्रिलियाको शोरुम सूर्खेतमा

पियाजियोको भेस्पा र अप्रिलियाको शोरुम सूर्खेतमा
काठमाडौं । नेपालमा पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सका आधिकारिक बिक्रेता एमभी दुगड़ ग्रुप अन्तर्गतको दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले सूर्खेतमा एक कार्यक्रम गरि शोरुमको उद्घाटन गरेकोे छ । उक्त शोरुम सूर्खेतमा श्रीनाथ सप्लायर्सले सञ्चालनमा ल्याएको हो ।
 
 
शोरुमको उत्घाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि नन्दसिंह बूढा र भेस्पा÷अप्रिलियाका हेड अफ अपरेशन विजय महतोले संयुक्त रुपमा गरेका थिए साथै सोहि कार्यक्रममा ११ वटा स्कूटरका ग्राहकलाई साँचो हस्तान्तरण गरिएको थियो ।
 
सोहि कार्यक्रममा मन्त्रि नन्दसिंह बूढाले यस्तो प्रिमियम प्रोडक्टको नयाँ शोरुम सञ्चालनमा आउँदाको आफ्नो खुसी ब्यक्त गरे र यसले नेपाली ग्राहकहरुको मन जित्न सफल हुने आफ्नो बिश्वास ब्यक्त गरे ।
 
यसै कार्यक्रममा कम्पनीका हेड अफ अपरेशन (भेस्पा÷अप्रिलिया) विजय महतोले कम्पनीको बजार बिस्तारका बारेमा जानकारी गराउदै भने “हामी नेपालमा आक्रमक ढंगले यसको बजार बिस्तार गर्दैछौं र हाल २४ वटा बिभिन्न साखा तथा डिलरहरु मार्फत बिक्री बितरण गरिरहेका छौं साथै आगामी ६ महिनामै थप १० वटा नयाँ सहरहरुमा आफ्नो साखा तथा डिलरहरुको संजाल बिस्तार गर्ने छौं” 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय