दुबईमा सवारी दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु

दुबईमा सवारी दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ ।
 
स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फस्र्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो । दुर्घटनामा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृच्यु भएको नेपाली दूतावासले जनाएको छ ।
 
उनीहरुको नेपालस्थित ठेगाना खुल्न बाँकी छ । दानबहादुरको परिवारलाई भने कम्पनीले जानकारी गराएको र अरुको थप विवरण संकलन गरेर जानकारी गराइने दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताए ।
 
दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ ।
घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय