शाओमीको “दशैं विथ एमआई” मा आकर्षक अफर, २ हजारसम्मको छुटको व्यवस्था

शाओमीको “दशैं विथ एमआई” मा आकर्षक अफर, २ हजारसम्मको छुटको व्यवस्था
काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले एमआई फ्यानहरुका लागि आकर्षक दशैं अफर सार्वजनिक गरेको छ । दशैंको शुभ अवसरमा शाओमीले प्रयोगकर्ताहरुका लागि स्मार्टफोनमा ५ वटा विशेष सप्र्राइज ल्याएको छ । ग्राहकहरुले अब शाओमीको नयाँ–नयाँ स्मार्टफोन रेडमी ७ , रेडमी वाई ३ , रेडमी रेडमी नोट ७, एमआई ए३ र रेडमी ७ ए किन्दा आकर्षक अफरहरुको आनन्द लिन सक्नेछन् ।
 
विशेष गरि दशैं जस्तो मेगा चाडँपर्वको अवसरमा स्मार्टफोन ठूलो उपहारको एक विकल्प हो र यी अफरहरु, दशैंको अवसरमा देशमा आनन्दमय वातावरण जोड्ने शाओमीको एउटा सानो पहल हो ।
 
एमआई फ्यानले रु १९,९९९ मा रेडमी नोट ७ (३ जीबी प्लस ३२ जीबी) खरिद गरेर निर्धारण गरिएको मुल्यमा रु २००० को फ्ल्याट छुटको मज्जा लिन सक्नेछन् । विशेष सप्र्राइजको रुपमा शाओमीले नेपालमा एमआई ए३ (४ जीबी प्लस ६४ जीबी) र (६ जीबी प्लस १२८ जीबी) सार्वजनिक गरेको छ, यो रु २३,९९९ र रु २७,९९९ मा उपलब्ध हुनेछ । रेडमी ७ए (२ जीबी प्लस ३२ जीबी) मा पनि छुटको व्यवस्था रहेको छ र यो अब रु १०,९९९ मा उपलब्ध हुनेछ । ग्राहकहरुले रेडमी ७ (२ जीबी प्लस १६ जीबी) र (३ जीबी प्लस ३२ जीबी) तेसै गरि रेडमी वाई ३  (३ जीबी प्लस ३२ जीबी) र (४ जीबी प्लस ६४ जीबी) मा रु १००० छुटको मज्जा लिन सक्नेछन् ।
 
यी अफरहरु सम्पूर्ण अफलाइन स्टोर, दराज डट कम डट एनपी र सस्तोडिल ( मा उपलब्ध हुनेछ ।  
 
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीलले भने, “हामी सम्पूर्ण एमआई फ्यानहरुलाई शाओमी स्मार्टफोनको खरिदमा दशैंको विशेष अफर प्रदान गर्न निकै उत्साहित छौं । दशैंको रमाइलो अवसरमा यो पहलले हाम्रो उच्च गुणस्तरीय स्मार्टफोनलाई सुलभ मुल्यले गर्दा अझै आकर्षक बनाउने  आशा गरेका छौं ।” 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय