ओपोद्वारा आश्विन ६ गते नेपालमा एनाइन २०२० सार्वजनिक गर्ने घोषणा

८ जीबी र्याम, ५ हजार एमएएच ब्याट्री र उत्कृष्ट क्यामेरा

ओपोद्वारा आश्विन ६ गते नेपालमा एनाइन २०२० सार्वजनिक गर्ने घोषणा
काठमाडौं । ओपोले आफ्नो लोकप्रिय ए सिरिज अन्तर्गत,जेन जी पुस्ताका लागि विशेष लक्षित नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने मितिको घोषणा गरेको  छ । नेपालमा सार्वजनिक हुने तयारीमा रहेको“एनाइन २०२०” कम्पनीले यहीआश्विन ६ गते सार्वजनिकगर्ने घोषणा गरेको हो । एनाइन २०२०का साथै कम्पनीले सोहीदिन“एफाइभ २०२०”पनि सार्वजनिकगर्ने जानकारी दिएको छ । 
 
सार्वजनिकको तयारीमा रहेका “एनाइन २०२०” र “एफाइभ २०२०” दूबै मध्यमबर्गिय स्मार्टफोन बजार लक्षित उत्पादनहरु हुन् । तथापी, अत्याधुनिक सुविधा तथा फिचर्स सम्मिलित यी दूबै फोनमा उत्कृष्ट फोटोग्राफी क्षमता, सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्री पनि उपलब्ध गरिएका छन् । फोटोग्राफीका लागि उत्कृष्ट क्यामेरा, बोक्दा प्रिमियम अनुभव दिन आकर्षक डिजाइन र निरन्तर लामो समयसम्म विना कुनै समस्या चलाउन सकिने ब्याट्री क्षमता सहितका यी दूबै फोनहरु बहुसंख्यक उपभोक्ता लाई एकै साथ समेट्ने सोचका साथ सार्वजनिक गर्न लागिएका हुन् । समग्रमा भन्नु पर्दा ओपो ए सिरिज २०२०ले बहुआयामिक उपभोक्ताका मागको सम्बोधन गर्नुका साथै विशेषगरी यूवावर्ग लक्षित छन् ।
 
उपभोक्ताद्वारा अत्यधिक रुचाइएको ओपो विगत १० बर्षदेखि ओभरसिज बजारहरुमा सक्रिय छ । सन् २००९ मा पहिलो ए सिरज मोडल, ए१०० थाइल्याण्डमा सार्वजनिक गरिएदेखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री प्रविधिका लागि फोनले अतुलनिय मौखिक लोकप्रियता पाइरहेको छ ।
 
 
ओपो एनाइन २०२० 
 
ओपो एनाइन २०२० मा उपलब्ध गरिएको ४८एमपी अल्ट्रा वाइड एंगल क्वाड क्यामेराले हरेक किसिमका शुटिङ एंगल र परिस्थितीमा प्रयोगकर्ताका आवश्यकता पूरा गर्ने क्षमता राख्छन् । यसको क्यामेराले अल्ट्रा नाइट मोड २.०, अल्ट्रा वाइड फोटोग्राफी र आर्टिस्टिक पोट्रेट स्टाइलको पूर्ण रेञ्जसपोर्ट गर्छ । त्यसैगरी, यसमा रहेको १६एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्तालाई ट्रेण्ड तथा तिनका ईच्छा अनुसार परिमार्जनमा सघाउन एआई ब्यूटिफिकेसन प्रविधिको पनि प्रयोग गर्छ ।
 
भिडियो शुटिङपनि कम्पनीले उत्कृष्टता दिने प्रयास गरेको छ । यसमा रहेको फोरके भिडियो प्रविधिले सुदृढ ईफेक्ट्स मार्फत स्पष्ट भिडियो, अझजीवन्त रंग तथा दृष्य सम्प्रेषणमा सघाउँछ । साथै, यसमा रहेको भिडियो स्टेबिलिटी प्रविधिमार्फत प्रयोगकर्ताले स्थिर र ब्यवसायिक देखिने भिडियो खिच्न सक्छन् ।
 
१९ घण्टासम्म लगातार मोबाइल प्रयोगकको सुविधादिने क्षमता सहितको यो फोनमा रहेको ५ हजार एमएएच ब्याट्रीले प्रयोगकर्तालाई लामो समय सम्मफोनको निरन्तर प्रयोग गर्न सघाउँछ । ओपोको ए सिरिजमा ठूलो र सुदृढ गुणस्तरिय आवाजदिने क्षमता सहितको डुअल स्टेरियो स्पिकर्स र रोमाञ्चक आवाज सम्प्रेषणका लागि डल्बि एट्मोस साउण्ड इफेक्टपनि उपलब्ध गरिएको छ ।यसले भिडियो, गेमिङ लगायतकार्यका लागि उत्कृष्ट अनुभव प्रदान गर्छ ।  
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय