दसैंतिहारमा वायुसेवा कम्पनीको १० प्रतिशत छुट, एक महिनासम्म स्किम

दसैंतिहारमा वायुसेवा कम्पनीको १० प्रतिशत छुट, एक महिनासम्म स्किम
काठमाडौ । दसैंतिहार र छठका लागि सवाइ टिकट किन्न चाहनेहरुलाई कम्पनीहरुले १० प्रतिशत छुट दिने भएका छन्। वायुसेवा सञ्चालक संघको बैठकले एक महिनासम्म १० प्रतिशत छुटको ब्यवस्था मिलाएको हो ।
 
असोज १२ गतेदेखि छुटको टिकट खुल्ने छ । कात्तिक १७ गतेसम्म टिकट किन्न पाइने छ । संघका आबद्ध वायुसेवा कम्पनीहरुले यो छुट दिने छन्। सस्तो टिकट लिनका लागि सम्बन्धित वायु सेवा कम्पनीको काउन्टर नै पुग्नु पर्छ । विभिन्न भुक्तानी प्रदायकहरुको माध्यमबाट अनलाइनमार्फत किन्दा छुट पाइँदैन ।
 
नर्मल हवाइ भाडा मूल्यमा १० प्रतिशत छुट हुने छ । यसमा एयरपोर्ट ट्याक्स तथा फ्युल सरचार्ज जोडिएको छैन । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय