घरभाडामा बस्नेसँग विजुली महशुल बढी लिने घरवेटीलाई कारवाही ː कार्यकारी निर्देशक कुलमान घिसिङ

घरभाडामा बस्नेसँग विजुली महशुल बढी लिने घरवेटीलाई कारवाही ː कार्यकारी निर्देशक कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत व्यापार गर्ने घरधनीलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।
 
नेपाल विद्युत प्राधिकरणबाट अधिकतम खपत गर्ने ग्राहकले १३ रुपैयाँ युनिटमा विद्युत पाईरहेपनि बहालमा बस्नेहरुबाट प्रतियुनिट १५ देखि २० रुपैयाँ सम्म मनोमानी ढंगले उठाईरहेको उजुरी आएको भन्दै घरधनीलाई कारवाहीको दायरामा ल्याउने घिसिङले बताए ।
 
घरधनीले कोठाभाडा बढाउने अधिकार भएपनि विद्युत महशुल आफुखुशी लिन नपाउने उनले बताए। मनोमानी रुपैयाँ असुल गर्दा प्राधिकरणको छविलाईनै धुमिल पार्ने भएकाले कानुनी कारबाही गरिने प्राधिकरणका उपकार्यकारी निर्देशक हरेराज न्यौपानेले बताए ।
 
उपत्यकामा अहिले घरधनीले व्यक्ति हेरेर कम्तिमा १५ रुपैयाँ देखि २० रुपैयाँ प्रति युनिट मूल्य उठाईरहेका छन्। तर घरेलु ग्राहकको हकमा प्रति युनिट ३ रुपैयाँदेखि सुरु भएर अधिकतम १३ रुपैयाँ सम्म मात्रै महशुल तोकिएको छ ।
 
प्रति युनिट १३ रुपैयाँका दरले महशुल तिर्ने भनेका धेरै थोरै ग्राहक मात्रै पर्छन्। जसले मासिक ४०० युनिट विद्युत खपत गर्छन् उनिहरुले मात्रै १३ रुपैयाँका दरले विद्युत महशुल तिर्नुपर्ने न्यौपानेले बताए । धेरै जसो ग्राहकले औषत १० रुपैयाँनै विद्युत महशुल तिरिरहेका छन्। तर बहालमा बस्नेहरुबाट भने १५ रुपैयाँ युनिट उठाईरहेका छन्।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय