एटीएम ह्याकिङ प्रकरणः फरेन्सिक रिपोर्ट ९० दिनपछि मात्र

एटीएम ह्याकिङ प्रकरणः फरेन्सिक रिपोर्ट ९० दिनपछि मात्र
काठमाडौं । दुई साताअघि नेपाली बैंकहरुको एटीएम प्रणाली ह्याक गरी रकम चोरी भएको घटना अनुसन्धान गर्न आएको फरेन्सिक (विज्ञ) टोली बिनानिष्कर्ष फर्किएको छ ।
 
सिंगापुरबाट आएको टोलीको उद्देश्य ह्याकरले प्रयोग गरेको विधि र सफ्टवेरका कमी–कमजोरी पत्ता लगाउनु थियो ।
 
यसअघि भएका कमी कमजोरी पत्ता लगाई आमामी दिनमा हुन सक्ने सम्भावित आक्रमणबाट बच्न सुझाव दिन आएको चार सदस्यीय टोली सोमबार सिंगापुर फर्किएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय