नेपाल क्रेडिट एण्ड कमर्स बैंकले १५.८९ प्रतिशत बोनश शेयर दिने

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले १५.८९ प्रतिशत बोनश शेयर दिने
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २० र २१  औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संचालक समितिको अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा भएको साधारणसभाले विशेष  र साधारण प्रस्तावहरु पारित गरेको छ ।
 
शेयरधनीको उल्लेखनिय उपस्थिति रहेको साधारणसभाले  आर्थिक वर्ष २०७४∕७५ को मुनाफाबाट चुक्ता पुँजीको १५.८९ प्रतिशत बोनश शेयर  र उक्त बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.८३ प्रतिशत  नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
 
तर, समितिको संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना महिला सहित ३ जना गरी जम्मा ६ जना संचालकहरुको निर्वाचन गर्ने विशेष प्रस्तावमाथि कुनै कारवाहि हुन सकेन ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय