वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भू पोखरेल ग्लोबल स्ट्राटेजिक लिडरसिप अवार्ड २०१९ बाट सम्मानित

वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भू पोखरेल ग्लोबल स्ट्राटेजिक लिडरसिप अवार्ड २०१९ बाट सम्मानित

वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भू पोखरेल ग्लोबल स्ट्राटेजिक लिडरसिप अवार्ड २०१९ बाट सम्मानित भएका छन् । न्यूज पेपर एशोसियसन अफ इन्डिया र इण्डिया मलेशिया कल्चरल फोरमले सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पोखरेललाई सम्मान गरेको हो । 

पोखरेलले सञ्चार क्षेत्रमा र देशको कुटनितिक क्षेत्रमा उल्लेखनिय काम गरेकाले सम्मान गरिएको आयोजकले बताएका छन् । क्षेत्रिय रुपमा युवाहरुको नेतृत्वदायी भुमिका निर्वाह गरेको र युवाहरुलाइर्य सहि बाटोमा लाग्न र इन्ट्रप्रेनरसिप स्किल डेभलप गर्न सहयोग गरेको  भन्दै पोखरेललाई सम्मान गरिएको आयोजकले बताएका छन् । 

 

न्युज पेपर एशोसिएसन अफ इन्डिया इन्डियाका १० हजार भन्दा बढी पत्रपत्रिकाहरुको संगठन हो । वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भू पोखरेलको नेतृत्वमा बिजनेश टेलिभिजन सञ्चालन भईरहेको छ भने पोखरेलको नेतृत्वमा अन्य विजनेशहरु पनि सञ्चालन भईरहेका छन् । पोखरेल त्रिभुवन विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्दै छन् ।  पोखरलको यो समेत पाचौ अन्तराष्ट्रिय अवार्ड हो ।  

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय