महिन्द्रा टु ह्वीलरले बनाउने छ सबैलाई दङ्दास

स्कुटर तथा बाइकको खरिदमा रु.१०,००० फ्ल्याट डिस्काउन्ट

महिन्द्रा टु ह्वीलरले बनाउने छ सबैलाई दङ्दास
काठमाडौं । महिन्द्रा टु ह्वीलर्स अन्तर्गत अग्नि मोटो इन्कले चाडपर्वकोे अवसर पारेर  “महिन्द्रासँग सबै दङ्दास” योजना प्रस्तुत गरेको छ । यस योजनाले वास्तवमै यो विशेष चाडपर्वमा सबैलाई दङ्ग पार्ने विश्वास कम्पनीले लिएको छ । बाइक तथा स्कुटरको खरिद मा तुरुन्तै क्याश, रु. दश हजारको फ्ल्याट डिस्काउन्ट तथा लक्की ड्रबाट होम अप्लाइन्सहरु प्राप्त गर्न सकिने छ  । यो योजनाले नेपालीहरुको महान् पर्वलाई रौनक थपी सबैलाई दङ्ग बनाउने विश्वास कम्पनीले लिएको छ  । 
 
यो योजना नेपाल अधिराज्यभर रहेका आधिकारिक विक्रेता मार्फत खरिद गर्दा  छुट प्राप्त गर्न सकिने छ  । महिन्द्राका गोस्टो, सेन्चुरो तथा मोजो स्कुटर तथा बाइक नेपाली युवामाझ लोकप्रिय रहदैं आएको छ । 
 
आफ्ना ग्राहकहरुलाई चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्रित छ । चाहिएको वेला सर्वसुलभ तरिकाबाट मोटरसाइकल तथा स्कुटर खरिद, सर्भिसिङ तथा समयमै ग्राहकरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराउन कम्पनीले नेपाल अधिराज्यका विभिन्न स्थानहरुमा आधिकारिक शो रुम तथा सर्भिस सेन्टरहरुको स्थापना गर्दै आएको छ । 
 
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रालि, अग्नि इनर्जी प्रालि, अग्नि मोटोइन्क प्रालि, बालाजू अटो वक्र्स प्रालि रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका  छन् ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय