सोमर्स्वीको ’सिङ विथ सुशान्त’ काठमाडौंमा

सोमर्स्वीको ’सिङ विथ सुशान्त’ काठमाडौंमा
काठमाडौं । सोमर्स्वीले फ्रेन्डसिप महिना अन्तर्गत काठमाडौंमा सांगीतिक कार्यक्रम गरेको छ । ब्राण्ड एम्बेसडर  सुशान्त केसीसँगको सहकार्यमा सोमर्स्वीले अगस्ट महिनाभर सिङ विथ सुशान्त आयोजना गरिरहेको छ ।  यसै अन्तर्गत काठमाडौंमा कार्यक्रम लाइभ सांगीतिक प्रस्तुती दिएको कम्पनीले जनाएको छ । 
 
काठमाडौंमा भएको कार्यक्रममा युवाहरुको उल्लेख्य सहभागिता रहेको गोर्खा ब्रुअरीका मार्के्टिङ म्यानेजर रोजन अमात्यले बताए । अगस्ट महिनाभर देशका बिभिन्न स्थानमा यो कार्यक्रम हु्ने पनि उनले जानकारी दिए ।
 
चाँडै नै धरान, बुटवल, पोखरा र नारायणगढ लगायतका शहरमा पनि सुशान्तले गीत गाउने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय