सरकारले हदबन्दी भन्दा बढीको जग्गा जफत गर्ने

सरकारले हदबन्दी भन्दा बढीको जग्गा जफत गर्ने
काठमाडौं । सरकारले मुलुकभर उद्योग, प्रतिष्ठान, शिक्षण संस्थान, कम्पनी, संस्था या व्यक्तिका नाममा गैरकानूनी रूपमा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी गरेको छ । यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता गैरकानूनी जग्गा सरकारका नाममा ल्याउन भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गरेको छ । विधेयक प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भने विचाराधीन अवस्थामा छ ।
 
अख्तियारको तथ्यांक अनुसार देशभर ३८ हजार ३ सय १९ रोपनी अर्थात् २ हजार ८ सय ७८ बिघाभन्दा बढी जमिन हदबन्दीभन्दा बढी छ । हिमालमा एक व्यक्तिको नाममा ७५ रोपनीसम्म जग्गा राख्न पाइने नियम छ । हदबन्दी लागू भएमा यो क्षेत्रको ९ हजार ३७ रोपनी जग्गा जफत हुने छ ।
 
त्यस्तै उपत्यकाबाट २ हजार ८ सय ६४ रोपनी जग्गा जफत हुने छ । उपत्यकामा ३० रोपनी मात्रै जग्गा राख्न पाइने भए पनि कतिपयसँग बढी जग्गा रहेको छ । हदबन्दी लागू भएमा तराईबाट २ हजार २ सय बिघा जग्गा जफत हुने छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय