सानिमा बैंकको नाफा २ अर्ब २४ करोड

सानिमा बैंकको नाफा २ अर्ब २४ करोड
काठमाडौं । सानिमा विकास बैंकले आर्थिक वर्ष २०७५∕७६ मा २ अर्ब २४ करोड ३३ लाख खुद नाफा गरेको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले बढि हो । बैंकले अगिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६९ लाख नाफा गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६२ करोड छ ।
 
आफ्नो चौथो त्रैमासिकको रिपोर्ट प्रकाशन गर्दे बैंकले अहिले बैंकको चुक्ता पुंजी ८ अर्ब रहेको छ । ८९ अर्ब ३७ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ८१ अर्ब २४ करोड रहेको छ । अघिल्लो वर्ष बैंकले ७७ अर्ब ८४ करोड निक्षेप संकलन गरेको थियो । बैंकको ब्याज आम्दानी अघिल्लो बर्षको तुलनामा ३५.९७ प्रतिसतले बढेर ४ अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्ष बैंकले व्याजबाट मात्रै खुद ३ अर्ब १ करोड आम्दानी गरेको थियो ।
 
त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १२.४१, प्रतिशेयर आम्दानी २८.०४ तथा प्रतिशेयर नेटवर्थ १४८.७३ रुपैया छ । बैंकको कर्जा निक्षेप अनुपात ७६.९९ बाट बढाएर ७७.९१ प्रतिशत बनाएको छ । बैंकले खराव कर्जा दर ०.०३ बाट ०.०८ पुगेको छ ।
 
बैंकको आधार ब्याजदर ९.४५ प्रतिशत, कोषको लागत ७.३९ प्रतिशत , र सीसीडी ७७.९१ प्रतिशत छ भने बचत र लगानी बीचको ब्याजदर अन्तर ४.६६ बाट घटाएर ४.३५ बनाएको छ । 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय