लक्ष्मी बैंक र लक्ष्मी केयर्सको सहयोग

लक्ष्मी बैंक र लक्ष्मी केयर्सको सहयोग
काठमाडौं । लक्ष्मी बैंकले काठमाडौं वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुको खानपानका लागि २४०,००० (दुई लाख चालिस हजार) रुपैंयाको आर्थिक सहयोग गरेको छ ।
 
उक्त समुदायिक विद्यालयमा आर्थिक रुपले विपन्न परिवारका करिब २०० जना विद्यार्थीहरु अध्ययनरत छन् । योसँगै बैंकको कर्मचारीद्वारा सञ्चालित लक्ष्मी केयर्स नामक गैर सरकारी संस्थाको माध्यमबाट रु पचास हजार आर्थिक सहयोग पनि दिइएको बैंकले जानकारी दिएको छ ।
 
बैंकको न्युरोड बिजनेस सेन्टरको १२औं वार्षिकोत्सवका उपलक्ष्यमा बिजनेस सेन्टरमा कार्यरत कर्मचारीहरुबाट संकलित रु. दस हजार रकम र विद्यार्थीका लागि २० थान विद्यालय पोशाक समेत सहयोगस्वरुप प्रदान गरिएको छ बैंकले जानकारी दिएको छ ।
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय