सिद्धार्थ बैंकको नाफा २ अर्ब ३० करोड, आधार दर १०.५७ प्रतिशत

सिद्धार्थ बैंकको नाफा २ अर्ब ३० करोड, आधार दर १०.५७ प्रतिशत
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २१.२५ प्रतिशतले नाफा बढाएको छ । बैंकले बर्ष दिनमा ४० करोडले नाफा बढाएर २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ पुर्याएको हो ।
 
बैंकले खुद ब्याज आम्दानी ३६ प्रतिशतले बढाएको छ । बैंकले ४ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो । बैंकले गत आर्थिक बर्ष १ खर्ब ४ अर्ब रुपैयाँ कुल कर्जा लगानी प्रवाह गरेको छ । बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको पूँजीकोष अनुपात १२.६ प्रतिशत छ ।
 
बैंकले ४.०७ प्रतिशत ब्याज स्प्रेडमा काम गरिरहेको छ । बैंकको आधार दर १०.५७ प्रतिशत छ । बैंकको प्रति शेयर आम्दानी साढे २६ रुपैयाँ छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय