Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
कृषि विकास बैंकले कमायो ४३५ करोड नाफा, कुल नाफाको आधा तीन महिनामा
आर्थिक पाटी संवाददाता
२०७६-०४-२१
बिचार / प्रतिक्रिया
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक बर्ष चार अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ बैंकले अघिल्लो बर्षको तुलनामा १९.१५ प्रतिशतले सुधार भएको हो ।
अघिल्लो बर्ष बैंकको नाफा तीन अर्ब ६५ करोड रुपैयाँ थियो। बैंकले चौथो त्रैमाशमा मात्रै दुई अर्ब १४ करोड रुपैयाँ नाफा गरेको छ । चौथो त्रैमाशको नाफा कुल नाफाको ४९ प्रतिशत हो ।
खुद व्याज आम्दानी ७.६१ प्रतिशतले सुधार गर्दै ७ अर्ब ८६ करोड रुपैयाँ आर्जन गरेको छ । व्याज आम्दानी १५ अर्ब २३ करोड रुपैयाँ छ भने व्याज खर्च ७ अर्ब ८६ करोड रुपैयाँ छ ।
बैंकले १४ प्रतिशतले निक्षेप बढाउँदा ११ प्रतिशतले ऋण लगानी विस्तार गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १० अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । त्यस्तै अघिल्लो वर्षमा एक खर्ब चार अर्ब निक्षेप संकलन गरि ९९ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो ।
चुक्ता पूँजी १४ अर्ब ४४ करोड रुपैयाँ छ भने जगेडा कोषमा १० अर्ब ४० करोड रुपैयाँ जम्मा गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको स्प्रेडदर कायम गर्ने क्रममा बैंकले अघिल्लो वर्षको भन्दा ०.७८ प्रतिशत विन्दुले घटाएको छ। बैंकले ५.४६ प्रतिशतको स्प्रेडदर ४.६८ प्रतिशतमा झारे पनि नेपाल राष्ट्र बैंकको नियम अनुसार ४.५ प्रतिशतमा झार्न भने सकेन ।
बैंकले खराव कर्जा घटाउने क्रममा नाफामा उल्लेख्य सुधार गर्न सफल भएको छ । बैंकले खराब कर्जा ३.४१ प्रतिशतबाट २.९० प्रतिशतमा झारेको हो । आधार व्याजदर ११.७३ प्रतिशतबाट १०.५८ प्रतिशतमा झारेको छ । प्रतिशेयर आम्दानी ४४ रुपैयाँ रहेको छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
शेयर बजार सम्बन्धित शीर्षकहरु
आरम्भ राष्ट्रियस्तरको लघुवित्त बन्दै, पुस ९ मा एजीएम, चौतारीसँग मर्ज
गुडविल फाइनान्सले ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा दियो आवेदन
फरवार्डले गर्योग लाभांश घोषणा, शेयरधनीलाई ३५.५५ बोनस शेयर र १२.५०५ नगद लाभांश
२ अर्बको ऋणपत्र ल्याउँदै प्रभु बैंक, बिक्री प्रबन्धकमा नविल ईन्भेष्टमेन्ट बैंकिङ
ताजा अपडेट
काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज दिनभर हुनेछ लोडसेडिङ
नेपाल एयरलाइन्सलाई चीनमा उडान अनुमति
४०० केभीे ढल्केबर सबस्टेसन निर्माण पुसभित्र सकिने
‘सनफ्लो सनफ्लावर तेल हिराको उपहार’ योजनाको दोस्रो लक्की ड्र विजेतालाई हिराको हार
एनसेलद्वारा सिगुलाई रु २ लाख नगद पुरस्कार हस्तान्तरण
लगानी प्रवद्र्धनका लागि कानुनको एकीकरणमा जोड
ओपो ईन्नो डेको उद्घाटन समारोह मार्फत ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने
एनआइसी एशिया बैंकको काउन्टर कपिलवस्तुको कृष्णनगरमा
टेलिकमको आफन्तलाई उपहार प्याकेज सार्वजनिक, यसरी पठाउन सकिन्छ डाटा र भ्वाईस उपहार
प्रधानमन्त्री कार्यालयले सोध्यो नौ ठेकेदारलाई स्पष्टिकरण
लोकप्रिय
ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको स्वीकृति, मंसिर भित्रै एकिकृत कारोबार
मेरो प्लानमा एनसेलको बोनस भिडियो डेटा
एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत नगद पुरस्कार वितरण
अर्घाखाँची बस दुर्घटना मूत्यु भएका १९ जनाकै सनाखत
सागको उद्घाटन ː सांस्कृतिक कार्यक्रमसहित तीन घण्टा चल्ने
सातै प्रदेशमा टीभीएस अपाचे सिरिज २ सम्पन्न
‘हाम्रो पात्रो ’सँगको साझेदारीमा भाइबरले शुरु गर्यो राशिफल च्याटबट
ओपो रेनोटू एफ र डल्बीको संयोजन
वानप्लस ७ टि प्रो नेपालमा सार्वजनिक, मूल्य ९९ हजार ९ सय ९९ रूपियाँ
विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको शोरुम, बिक्री देखि मर्मत सम्म गरिने