सीबीआईएल क्यापिटलको सीईओमा डेपुटी सीईओ नवराज गिरी, अध्यक्षमा समिर दाहाल नियुक्त

सीबीआईएल क्यापिटलको सीईओमा डेपुटी सीईओ नवराज गिरी, अध्यक्षमा समिर दाहाल नियुक्त
काठमाडौं । सीबीआईएल क्यापिटलले प्रमुख कार्यकारी अधिकृतमा नवराज गिरीलाई नियुक्ति गरेको छ । गिरी नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।
 
साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले गिरीलाई साउन एक गतेदेखि कार्यान्वयन हुने गरी नियुक्त गरेको हो । दुई दशक भन्दा धेरै समय हिमालयन बैंकमा काम गरेका गिरी मार्केटिङ, जनसम्पर्क, बैंकिङ अप्रेसन, जोखिम व्यवस्थापनमा अनुभवी छन् ।
 
क्यापिटलले रिक्त रहेको अध्यक्ष पदमा संचालक समिर प्रसाद दाहाललाई नियुक्त गरेको छ । सिटिजन बैंकको तर्फबाट मनोनित बोधराज देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएपछि क्यापिटलले दाहाललाई बाँकी कार्यकालको लागि नियुक्त गरेको हो ।
 
क्यापिटलले लगानी व्यवस्थापन, डिम्याट खाता खोल्ने, शेयर अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रबद्र्धन गर्ने काम गरिरहेको छ ।
 
 
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय