वैदेशीक रोजगारको पीडा, गत वर्षमात्र ७५३ जना बाकसमा आए

वैदेशीक रोजगारको पीडा, गत वर्षमात्र ७५३ जना बाकसमा आए
काठमाडौं । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०७५र७६ मा विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको परिवारलाई राहतस्वरुप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ सहायता प्रदान गरेको छ ।
 
गत वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए । बोर्डले करार अवधिमानै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने गरेको छ ।
 
रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ३ सय ३५ कामदारलाई एक वर्षमा ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ सहायता प्रदान गरिएको बोर्डले जनाएको छ । 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय