‘दि भ्वाइस’ मा जजको कुर्चीमा दर्शक

‘दि भ्वाइस’ मा जजको कुर्चीमा दर्शक
काठमाडौं । विश्वकै नम्बर १ गायन रियालिटी शो ‘दि भ्वाइस’ साउनको तेश्रो साताबाट हिमालय एचडीबाट प्रशारण हुँदैछ । पहिलो संकरणमा नै लोकप्रियता हासिल गरेको यो गायन शो यसपटक पनि प्रतिस्पर्धीको उत्साहजनक सहभागीता छ ।
 
शो प्रशारण हुनु अगाडि यसको निर्माणपक्षले यसको प्रचारको सुरुवात गरेको छ । काठमाण्डौका विभिन्न मलमा दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै शोको प्रचार गरिएको हो ।
 
काठमाण्डौको सीटी सेन्टरमा दर्शकले ‘दि भ्वाइस’को ब्लाइन्ड अडिसनमा कोचले प्रयोग गर्ने कुर्चीमा आफूलाई राखेर नयाँ अनुभव गरेका छन् । ब्लाइन्ड अडिसनमा यति कोचले यो कुर्ची घुमाएको खण्डमा प्रतिस्पर्धी नयाँ चरणका लागि छनोट हुन्छन् । ‘दि भ्वाइस’को यो चरणलाई दर्शकले अत्याधिक मन पनि पराएका छन् ।
 
काठमाण्डौका विभिन्न मलमा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने ‘दि भ्वाइस’ आयोजकको योजना अनुसार कमलादीको सिटी सेन्टरमा यो कार्यक्रम आयोजना गरिएको हो । एएनसी इभेन्ट म्यानेजमेन्टले यो शोलाई नेपाल भित्राएको हो । यसपटक पनि दर्शकले शोलाई गतबर्षको भन्दा अझै बढी रुचाउने शो निर्माण टिमको विश्वास छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय