‘झिङ्गे दाउ’ मा आँचल शर्मा अनुबन्धित

‘झिङ्गे दाउ’ मा आँचल शर्मा अनुबन्धित
काठमाडौं । अनुभवी निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशमा बन्न लागेको ’झिङ्गेदाउ’मा आँचल शर्मा पनि अनुबन्धित भएकी छन् ।
 
सिनेमामा अभिनेत्री केकी अधिकारी र अभिनेता मुकुन भुषाल यसअघि नै मूख्य भिकाका लागि अनुबन्धित भइसकेका छन् । आँचल केहीदिन पहिले मात्रै सिनेमाको मुख्य भुमिकामा अनुबन्धित भएकी हुन् ।
 
निर्देशक देउजाले  सिनेमामा केकी र आँचलको समानान्तर भूमिका हुने बताए । सिनेमामा उक्त क्यारेक्टरमा राम्रो अभिनय गर्न सक्ने कलाकार चाहिएकोले आँचललाई अनुबन्धित गरिएको उनले जानकारी दिए ।
 
सिनेमा साहित्यकार भिमनिधि तिवारीको अख्यानमा आधारित हुनेछ । सिनेमा भदौदेखि छायाँकनमा जानेछ । सिनेमाको सुटिङ सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा खिचिनेछ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय