सामसुङ डिजिटल प्लाजा अब पुलचोकमा

सामसुङ डिजिटल प्लाजा अब पुलचोकमा
काठमाडौं । हिम इलेक्ट्रोनिक्सले पुलचोक ललितपुरमा नयाँ सामसुङ डिजिटल प्लाजाको सञ्चालनमा ल्याएको छ  । हिम इलेक्ट्रोनिक्स सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हो । 
 
सामसुङ उत्पादनहरुका लागि ग्राहकहरुको बढ्दो माग तथा स्टेट्–अफ–आर्ट सेल्स काउन्टरले गर्दा हिम इलेक्ट्रोनिक्सलाई आफ्नो सामसङ्ग प्लाजाको संजाल विस्तार गरेको कम्पनीले जनाएको छ । हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छा र सामसुङ प्लाजाको छात्रवृत्ति प्राप्त गरेका निर्मल विद्यापिथ विद्यालय तथा आजाद विद्यालयाका छात्राहरुले २५ गते शोरुमको उद्घाटन गरेका छन् ।
 
 
१५ औं वार्षिक उत्सवको अवसरमा, सामसुङ प्लाजाले निर्मल विद्यापिथ विद्यालय र  आजाद विद्यालयाका ५० जना छात्राहरुलाई एक वर्षको पूर्ण छात्रवृत्ति, विद्यालय पोशाक तथा स्टेस्नरी उपलब्ध गराएको थियो । बालिकाहरुलाई शिक्षित बनाउन र सम्पूर्ण बालिकाहरुलाई विद्यालय जान प्रेरित गर्नका लागि यो एक उत्तम कदम थियो । सामसुङ प्लाजाले चितवन माढीका ३० जना महिला समुहलाई युवा साक्षरता कक्षा संचालन गरेको छ । 
 
एद्घाटन समारोहमा सीमा गोल्छाले भनिन, “हामी पुलचोक ललितपुरमा सामसुङ डिजिटल प्लाजा संचालनमा ल्याउन पाउँदा अत्यन्तै खुसी छौं । हामीलाई विश्वास छ कि यस विस्तारसँगै पुलचोक, ललितपुरका ग्राहकहरु विभिन्न तरिकामा लाभान्वित हुनेछन् । ” 
 
उनले  भनिन, “छात्रवृत्ति पहल कार्यक्रममार्फत महिला सशक्तिकरणका लागि एउटा सानो प्रयास गर्न पाउँनु हाम्रो लागि गर्वको विषय हो । म अत्यन्तै खुसी छु कि यस्तै ५ जना बालिकाहरुले आज यहाँ उपस्थीति जनाएर शोरुकको संयूत्त रुपमा उद्घाटन गरेका छन् । मलाई विश्वास छ कि हाम्रो यो सानो योगदानले आगामी दिनहरुमा सकारात्मक परिणामका लागि समर्थन गर्नेछ ।”
 
सामसुङ डिजिटल प्लाजामा एलईडी टीभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता सामसुङका उत्पादनहरु रहेका छन् । यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र रहेका सातवटा सामसुङ डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका सात वटा सामसुङ डिजिटल प्लाजा मार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ ।
 
यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । उद्घाटन समारोहको अवसरमा ग्राहकहरुलाई शोरुममा विशेष अफरहरुको व्यवस्था गरिएको छ । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय