आजबाट शैक्षिक मेला २०७६ शुरु हुँदै

आजबाट शैक्षिक मेला २०७६ शुरु हुँदै
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघले विगत वर्षहरुमा झैं यस वर्ष पनि बृहत शैक्षिक मेला आयोजना गर्न लागेको छ । आज असार २६ गतेबाट राजधानीको भृकुटिमण्डपमा शुरु हुने १३ औ शैक्षिक मेला २०७६ को सम्पूर्ण तयारीहरु पूरा भईसकेको छ ।  मेला असार २९ गतेसम्म संचालन हुनेछ । 
 
मेलाले विश्व ग्लोवल भिलेजको रुपमा परिवर्तित भईरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नेछ । साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मेलाको उद्देश्य रहेको छ । यस कार्यमा यस संघसँग आवद्ध देशभरिका शैक्षिक परामर्श दातृ संस्थाहरु कृयाशिल रहेका छन् ।  
 
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट स्वीकृति प्राप्त यो मेलामा एक लाख पचास हजार भन्दा वढि महानुभावहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । यस मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको छ । यस मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुने छ ।
 
यस बृहत शैक्षिक मेलाको अर्को भव्य पक्ष भनेको हाम्रा सदस्य संस्थाहरु जो नेपालका प्रतिष्ठीत शैक्षिक परामर्शदाताहरु हुनुहुन्छ, उहाँहरुबाट वेग्ला वेग्लै स्टलहरुकासाथ प्रभावकारी सूचना प्रवाह गरिने छ । शैक्षिक मेलामा चारैदिन रक्तदान, डेन्टल क्याम्प तथा प्राथमिक उपचारका कार्यक्रमहरु गरिने छ ।
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय