शिल्पाले दिइन् निर्माता छवि ओझाविरूद्ध घरेलु हिंसाको उजुरी

शिल्पाले दिइन् निर्माता छवि ओझाविरूद्ध घरेलु हिंसाको उजुरी
काठमाडौं । निर्माता छविराज ओझाविरूद्ध पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले काठमाडौं प्रहरी परिसरमा तीन दिन अगाडि घरेलु हिंसा गरेको उजुरी दिएको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । 
 
उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई बुधबार दिउँसो परिसर बोलाइएको छ । अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग २०७३ सालको दसैंमा विवाह गरेका थिए ।
 
विवाह गरे पनि उनीहरूले सो विवाहलाई तत्कालै सार्वजनिक गरेका थिएनन् । गत वर्षमात्र उनीहरूले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए ।
 
उनीहरू निकट स्रोतका अनुसार विगत केही समययता दुवैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ । उनीहरूबीच खटपटको विषयमा प्रहरीले घरेलु समस्या रहेको जानकारी दिएको छ ।
 
स्रोतकाअनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन् । छविले शिल्पालाई ’लज्जा’ सिनेमाबाट ब्रेक दिएका थिए । त्यसयता उनले छविको ब्यानरमा ‘मंगलम्’ तथा ‘हवल्दार सुन्तली’मा अभिनय गरेकी थिइन । सिनेमामा आउनु अघि शिल्पा म्यूजिक भिडियोमा चल्तीकी मोडल थिइन् ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय