अण्डाको मूल्य २०० रुपैयाँ क्रेटबाट २८० सम्म पुग्यो, कृषकले अझै लागत मूल्य पाउन सकेनन्

अण्डाको मूल्य २०० रुपैयाँ क्रेटबाट २८० सम्म पुग्यो, कृषकले अझै लागत मूल्य पाउन सकेनन्
चितवन । कुखुराको अण्डाको मूल्य बढ्न थालेको छ । प्रतिक्रेट २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य २८० रुपैयाँ पुगेको छ । तैपनि लागत मूल्य भने कृषकले पाउन अझै सकेका छैनन् । 
 
कृषकको लागत मूल्य प्रतिगोटा १० रुपैयाँ पर्दछ । बढेको बिक्री मूल्य समग्रमा प्रतिगोटा आठ रुपैयाँ ५० पैसा पर्दछ । हाल दैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुने गर्दछ । यो सङ्ख्या ५५ लाख पुगेकोमा क्रमशː घट्दै आएको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलको भनाई छ ।
 
अण्डाको मूल्य कम भएपछि धेरैले माउ कुखुरा बिक्री गरेका छन् । यससँगै चर्को गर्मीका कारण उत्पादनमा कमी आएको छ ।      
 
तीन वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट ३६० रुपैयाँ पुगेको थियो । गत एक वर्षयता भने खर्च नधान्ने गरी मूल्यमा गिरावट आएको कृषकको भनाइ छ ।     
 
नेपालमा सात हजार कृषकले कुखुरा पाल्ने गरेको तथ्याङ्क छ । जहाँ एक लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । लेयर्स कुखुरामा मात्र एक अर्बभन्दा बढी लगानी भएको छ । दानाको मूल्य र बैंकको ब्याज बढ्दै जाने र अण्डाको मूल्य घट्दै जाँदा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेकोमा क्रमशː मूल्यवृद्धि हुन सकेमा टिक्नसक्ने देखिएको छ । 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय