‘हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्ट’ लाई सिद्धार्थ बैंकको २ लाख सहयोग

‘हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्ट’ लाई सिद्धार्थ बैंकको २ लाख सहयोग
काठमाडौं । सिद्धार्थ बैंकले ‘रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टुलार्ई दुई लाख पचास हजार सात सय पच्चीस रुपैयाँ सहयोग गरेको छ ।
 
बैंकका अनुसार ट्रस्ट गैर सरकारी संगठनसँग संग्लग्न भई बिभिन्न जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारका लागि कार्यरत छ ।
 
सो रकम ट्रस्टले १६ जना महिला विद्यार्थीहरूको शिक्षाका लागि प्रयोग गर्ने बैंकले बताएको छ ।  बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त ट्रस्टलार्ई रकम हस्तान्तरण गरे ।
 
बैंकले १५६ शाखा, ४ एक्स्टेन्सन् काउन्टर सहित, १०० शाखारहित बैंकिङ्ग सेवा, १७२ एटीएम र १३ सय बढी पीओएस मेसिनमार्फत् बैंकिङ कारोबार गर्दै आएको छ ।
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय