Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
स्ट्यान्डर्ड चार्टर्ड बैंक मर्जरमा नजाने
आर्थिक पाटी संवाददाता
२०७६-०३-२५
बिचार / प्रतिक्रिया
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले मर्जरका बारेमा आफ्नो धारणा सार्बजनिक गर्दै अरु बैंकलाई नमिसाउने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकलाई मंगलबार चार्टर्डले पत्र लेख्दै विदेशी बैंकलाई अलिकति छुट्टै ब्यवहार गर्न आग्रहसमेत गरेको छ ।
अहिलेसम्म १८ वटा बाणिज्य बैंकले मर्जर बारे आफ्नो धारणा राष्ट्र बैंकलाई बुझाएका छन्। अधिकांसले मर्जरमा जाने भनेर प्रतिबद्धता जनाए पनि केही बैंकले ‘रिजर्भेसन’ राखेका छन् ।
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीति अघि नै मर्जरको प्रतिबद्धता गर्न सबै बैंकलाई निर्देशन दिएका थिए । निर्देशनपछि चार्टर्ड उच्च ब्यवस्थापनले गभर्नर नेपाललाई भेटेर आफ्नो धारणा सुनाएको थियो ।
‘५१ प्रतिशतभन्दा माथि शेयर चार्टर्ड ग्रुपको छ । हाम्रो ब्यापार पद्धति पनि फरक छ । नेपाली बैंक मर्जरका लागि हामीलाई सुहाउँदो छैनन्’ चार्टर्ड ब्यवस्थापनको भनाइ उदृत गर्दै राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यसैले हामीलाई अलिक फरक ब्यवहार गरिनु पर्छ ।’ चार्टर्ड ब्यवस्थापनले २∕३ पटक नै गभर्नरलगायत राष्ट्र बैंक उच्च अधिकारीहरुलाई भेटेको थियो ।
त्यसलगत्तै चार्टर्डले मंगलबार औपचारिक पत्र लेख्दै मर्जरमा ‘रिजर्भभेसन’ राखेको हो । ‘मर्जरका बारेमा हामीले हाम्रो धारणा राष्ट्र बैंकलाई जानकारी गराइसकेका छौं’ चार्टर्डकी कर्पोरेट मामिला प्रमुख प्रनु सिंहले भनिन् ।
२० प्रतिशत बिदेशी लगानी रहेको हिमालयन बैंकले पनि मर्जरका लागि प्रष्ट अवधारणा राखेको छैन। आँफैमा ठूलो आधार रहेकाले मर्जर आवश्यक छैन भन्ने आशयको पत्र हिमालयन बैंकले पठाएको छ । नेपाल एसबीआई बैंकले पनि मर्जर गर्छु नै भनेर पत्र लेखेको छैन ।
बंगलादेशी बैंकको लगानी रहेको नेपाल बंगलादेश बैंकले मौद्रिक नीति कुर्ने निर्णय गरेको छ। मौद्रिक नीतिमा के कस्ता सुविधाका प्याकेज आउँछन् । त्यही अनुसार मर्जर रणनीति लिने अनौपचारिक जानकारी गराइसकेको छ । बैंकले यस अवधिमा केही संस्थासँग कुराकानी पनि गरेको थियो, तर बंगाली लगानीकर्ताले कुर्न भनेपछि स्थगित भएको छ ।
बुधबारसम्म एनएमबी, सनराइज, सिटिजन्स बैंक इन्टरनेशनल, लक्ष्मी, एनसीसी, सानिमा, सिभिल, माछापुच्छ्रे, सेञ्चुरी, एसबिआइ, ग्लोबल आईएमई, जनता, नेपाल इन्भेष्टमेन्ट, एनआइसी एसिया, हिमालयन, कुमारी, मेगा, प्रभु र चार्टर्डले राष्ट्र बैंकलाई मर्जर बारे पत्र लेखेका छन् ।
विकास बैंकतर्फ साङ्गिला, महालक्ष्मी र सहयोगी विकास बैंकले पत्र लेखेका छन्। फाइनान्स कम्पनीलाई मर्जरमा जान नभनिएकाले कसैले पनि पत्र नलेखेको फइनान्स कम्पनी संघका एक पदाधिकारीले बताए ।
बाणिज्य बैंकतर्फ तीन सरकारी बैंकका साथै नबिल, एनबी, सिद्धार्थ, बैंक अफ काठमाण्डूलगायतले मर्जर बारे आफ्नो धारणा राखेका छैनन् ।
राष्ट्र बैंक पनि चार्टर्ड र एसबीआईलाई मर्जरमा बाध्य नपार्ने रणनीतिमा छ । विदेशी लगानी रहेका बाँकी बैंकलाई भने मर्जरमा लैजाने राष्ट्र बैंक उच्च स्रोतले जानकारी दियो ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
बैङ्क–वित्त / बीमा सम्बन्धित शीर्षकहरु
चितवनको पिठुवामा सनराइज बैंकको ४० औं शाखारहित बैंकिङ्ग सेवा
एभरेष्ट बैंकद्वारा सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सीलाई स्कुल भ्यान प्रदान
सानिमा बैंकका शुल्क नलाग्ने योजना
ग्लोबल आईएमई बैंक र जनता बैंकको एकीकृत कारोबार शुरु
ताजा अपडेट
भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुने अपेक्षा छ ː पर्यटनमन्त्री भट्टराई
भिजिट नेपाल २०२० को उद्घाटन जनवरी ७ मा हुने
सुदूरपश्चिम प्रदेशबाट शुरु भयो वित्तीय साक्षरता, सात बुँदे धनगढी घोषणापत्र जारी
आईसेकद्वारा नेपालमा ‘एक्सन फर एसडीजी’ आयोजना, ३०० बढी आईडीया प्रदर्शन
काठमाडौं मेरिएट होटल एडमामेमा चिनियाँ मेन्यू
वाइवाइको उत्पादन काजकस्तानबाट शुरु
चितवनको पिठुवामा सनराइज बैंकको ४० औं शाखारहित बैंकिङ्ग सेवा
३ ओटा बिक्यो ‘हार्ले डेभिड्सन’ मोटरसाइकल
कालापत्थरमा ’फेशन शो’ हुने
ठूला करदाताद्वारा एनसेललाई २२ अर्ब ४४ करोड कर निर्धारण
लोकप्रिय
गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो, ६० लाख भन्दाबढी भक्तजनद्वारा पूजाअर्चना
प्राधिकरणमार्फत तीन एकीकृत वस्तीको प्रारम्भिक योजना स्वीकृत, ४६ सय ४४ जना थपिए लाभग्राही
बागलुङ जीप दूर्घटनामा ज्यान गुमाउने १४ जनाकै सनाखत (नामावली सहित)
सम्झौताअनुसार काम नगर्नेलाई हटाउछौ ː उर्जामन्त्री
ओपोले फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने
स्वीच अनद्वारा बडा दशैं, तिहार र छठ बम्पर अफर विजेताको नाम घोषणा
यस्तो छ राष्ट्रिय गौरवका २० आयोजनाको प्रगति अवस्था
सागमा नेपालको शानदार जित, स्वर्ण संख्या २१ पुग्यो
ओपो रेनोटू एफ र डल्बीको संयोजन
विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको शोरुम, बिक्री देखि मर्मत सम्म गरिने