प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत् हकप्रद शेयर जारी गर्ने

प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत् हकप्रद शेयर जारी गर्ने
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले चुक्ता पूँजीको ६० प्रतिशत् हकप्रद शेयर जारी गर्ने भएको छ ।निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभाले उक्त निर्णय गरेको हो । इन्स्योरेन्सको बाराको सिमरामा विशेष साधारण सभा सम्पन्न भएको छ ।
 
कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको विशेष साधारण सभाबाट चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको हो । 
 
साविक ६४ करोड  १५ लाख २० हजार चुक्ता पूँजीबाट हकप्रद शेयर जारी  पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय