पूर्णिमा र भार्गवसँग गाभिन साइन रेसुङ्गाले बोलायो विशेष साधारणसभा

पूर्णिमा र भार्गवसँग गाभिन साइन रेसुङ्गाले बोलायो विशेष साधारणसभा
काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विशेष साधारणसभाको मिति तय गरेको छ । बैंकको सञ्चालक समिति बैठकले असार २७ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको जनाएको छ ।
 
उक्त साधारणसभाकालागि बैंकले असार १९ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । उक्त मिति सम्म कायम शेयरधनी साधारणसभाकालागि योग्य हुनेछन् ।
 
बैंकले साधारणसभामा पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति गर्ने विषयमा भएका सम्झौता लगायतका बिषयलाई अनुमोदन गर्ने छ ।
बैंकले तीनै वित्तीय संस्था गाभिएपछि कायम हुने चुक्ता पूँजीको २५ प्रतिशत अर्थात् चार शेयर बराबर एक शेयर हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव गर्दै छ । बैंक प्राप्ति प्रक्रियापछि राष्ट्रिय स्तरको विकास बैंकमा परिणत हुने छ ।
 
एक आपसमा गाभ्ने गाभिने प्रक्रियामा रहेका तीनवटै संस्थाले यस अघि नै सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन्। साइन रेसुङ्गा र पूर्णिमाले गत फागुन २६ गते र भार्गभले वैशाख २६ गते प्राप्ति गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
 
पूर्णिमा र भार्गभको दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको छ । तिनै बैंकले एकै दिन साधारणसभा गर्दै छन् ।  
 
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय