मर्जरमा जान हिमालयन, इन्भेष्टमेन्ट, एसबीआई तयार

एभरेष्ट, नबिल, स्ट्यान्डर्ड चार्टड, एनबी बैंकको प्रतिबद्धता अझै आएन

मर्जरमा जान हिमालयन, इन्भेष्टमेन्ट, एसबीआई तयार
काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मर्जरका लागि प्रतिबद्धता लिएर आउन बैंकहरु लाई निर्देशन दिएपछि १८ वटा बैंक तथा वित्तीय संस्थाले गाभ्ने र गाभिने वा प्राप्ति गर्ने जनाएका छन् ।
 
राष्ट्र बैंकका अनुसार, १६ वटा बाणिज्य बैंकले प्रतिबद्धता जनाएका छन् भने विकास बैंकमा साङ्ग्रिला डेभलपमेन्ट बैंक छ । लघुवित्त बैंकर्स संघले पनि सबै संस्था मर्जरमा जान तयार रहेको प्रतिबद्धता ब्यक्त गरेको छ । फाइनान्स कम्पनीबाट पनि प्रतिबद्धता आएको छैन ।
 
हिमालयन, नेपाल इन्भेष्टमेन्ट र नेपाल एसबीआई बैंकले समेत मर्जरका लागि प्रतिबद्धता ब्यक्त गरेका छन्। एभरेष्ट, नबिल, स्ट्यान्डर्ड चार्टर्डजस्ता ठूला बैंकले भने प्रतिबद्धता जनाएका छैनन् ।
 
ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रकृयाम रहेको एनएमबीले फेरि पनि मर्जरमा जाने जनाएको छ । सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंकम, सेञ्चुरी बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक र मेगा बैंकले पनि प्रतिबद्धता ब्यक्त गरेका छन्। ग्लोबल र जनता बैंक मर्जरमा जाने सहमति गरिसकेका छन्। प्राइम बैंकले कैलाश विकास बैंकलाई जोडी छानिसकेको छ ।
 
तीन सरकारी बैंकका साथै बैंक अफ काठमाण्डू, सिद्धार्थ, प्रभु, नेपाल बंगलादेश बैंकले पनि  अहिलेसम्म प्रतिबद्धता ब्यक्त नगरेको राष्ट्र बैंकले जानकारी दिएको छ । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय