महिन्द्रा–मनसुन सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

महिन्द्रा–मनसुन सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न
काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीहरुको एक मात्र आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको वालाजू अटो वक्र्स प्रालिले हालै “३ दिने महिन्द्रा मनसुन सर्भिस क्याम्प” सम्पन्न गरेको छ । यो मनसुन क्याम्प  देशभर भएका महिन्द्राका आधिकारिक वर्क सपहरुमा यही असार महिनाको १८ गतेबाट प्रारम्भ भई ३ दिन सञ्चालन गरिएको थियो । 
 
यस मनसुन क्याम्पमा महिन्द्राका सम्पूर्ण चार पांग्रे गाडीहरुको ३० पोइन्ट चेकअपको सुविधा पनि उपलब्ध थियो । जसले गाडी उपभोक्ताहरुलाई पूर्ण रुपमा सुनिश्चिता प्रदान गरेको छ । क्याम्पमा सम्पूर्ण गाडीहरुको जांच विशेषज्ञद्वारा गराइएको थियो ।
 
यस अवसरमा निːशुल्क स्वास्थ्य परीक्षणको तथा लुव्रिकेन्ट, स्पेयर पार्ट तथा लेवर चार्जमा १० प्रतिशत छुटको व्यवस्था, आदि सर्भिस क्याम्पका प्रमुख आकर्षणहरु रहेका थिए । त्तगबलतय, ह्थयि, तथा ीयनबल जस्ता गाडीहरुमा विशेष डिस्काउन्ट अफर पनि यस अवधि भर प्रदान गरिएको थियो । आयोजकहरूले मानसूनको मौसम लक्षित गरि आयोजना गरेको यस कार्यक्रमको ग्राहकहरुबाट सकारात्मक प्रतिक्रिया पाएका थिए ।
 
कम्पनीले निरन्तर अन्तरराष्ट्रिय ब्राण्ड एक्स्पेरियन्सको साथ उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । यस मनसुन क्याम्पमा ग्राहकवर्गको उल्लेख्य सहभागिता रहेको थियो । साथै यो क्याम्पले ग्राहक तथा कम्पनी बीचको सम्बन्धलाई अझ बढी बलियो र फलदायी बनाएको छ । महिन्द्रा–मनसुन सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न भएको जानकारी कम्पनीले दिएको छ । 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय