महालक्ष्मी विकास बैंकले गर्यो विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंकले गर्यो विद्यालयलाई सहयोग
धनुषा । धनुषाको मिथिला नगरपालिका ढल्केवरमा रहेको महालक्ष्मी विकास बैंकले स्थानिय एक विद्यालयमा सरसफाई सामाग्री तथा पानी राख्ने ड्रम उपलब्ध गराएको छ । 
 
मिथिला नपा वडा नं. ७ स्थित श्री राष्ट्रिय आधारभुत निम्न माध्यमिक विद्यालय केमलीपुरमा असार २० गते शुक्रवार एक कार्यक्रमको आयोजना गरि विद्यालयका प्रधानाध्यापक निल प्रसाद वास्तोलालाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । 
 
 
सामाग्री हस्तान्तरण कार्यक्रममा बैकका शाखा प्रवन्धक भुपेश प्रसाद बर्मा, कर्जा अधिकृत सृजन कुमार ठाकुर अन्य कर्मचारी, शिक्षक, विद्यार्थी लगाएत अभिभावकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वास्तोलाले सरसफाई र विद्यार्थीलाई पिउने पानीको लागि ड्रम उपलब्ध गराएकोमा बैंक तथा कर्मचारीलाई धन्यवाद ज्ञापन गरेका थिए । यस्तै शाखा प्रवन्धक बर्माले कार्यक्रममा बोल्दै सामाजिक उत्तरदायित्व अन्तर्गत बैकले सामाजिक कामहरु गर्दै आएको र आगामी दिनमा यस प्रकारका कार्यहरु गर्दै जाने बताएका थिए । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय